एनओसीको नाममा रहेको सम्पत्तिसहित माइन्युट ३ दिनभित्र बुझाउन जीवनरामलाई अल्टिमेटम
सारांश
- नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिले जीवनराम श्रेष्ठ नेतृत्वको समितिलाई तीन दिने अल्टिमेटम दिएको छ।
- तदर्थ समितिले श्रेष्ठको कार्यसमितिलाई अवैध भन्दै एनओसीको सम्पत्ति बुझाउन आग्रह गरेको छ।
- एनओसीले श्रेष्ठको निर्वाचन र विधान संशोधनलाई खारेज गर्दै कानुनसम्मत नभएको जनाएको छ।
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितले जीवनराम श्रेष्ठ नेतृत्वको समितिलाई तीन दिने अल्टिमेटम दिएको छ । तदर्थ समितिले श्रेष्ठको कार्यसमितिलाई अवैध जिकिर गर्दै एनओसीको नाममा रहेको सम्पत्तिसहित माइन्युट तीन दिनभित्र बुझबुझारथ गर्न भनेको हो ।
एनओसीका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक निलेन्द्र राज श्रेष्ठको हस्ताक्षरमा पठाइएको पत्रमा श्रेष्ठले विधान विपरीत अनियमित ढंगले निर्वाचन र विधान संशोधन गरेर कार्यसमिति गठन गरेको उल्लेख छ। सो कारण राष्ट्रिय खेलकुद परिषद्ले उक्त निर्वाचन र विधान संशोधनलाई खारेज गर्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई कानुनसम्मत नभएको स्पष्ट गरेको उल्लेख छ ।
परिषद्ले साउन २६ गते खेल संघहरूको संयुक्त भेलाबाट गठित तदर्थ समितिलाई आधिकारिकता प्रदान गरिसकेको र सो समितिले भदौ ४ गतेदेखि कामकाज सुरु गरिसकेको जानकारी पनि पत्रमा उल्लेख छ ।
एनओसीको नाममा रहेको चल–अचल सम्पत्ति, नगद, जिन्सी सामग्री तथा समितिको माइन्युट बुक तीन दिनभित्र तदर्थ समितिलाई नबुझाए कानुनी कारबाहीमा जाने चेतावनीसमेत पत्रमार्फत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसानलाई रासायनिक मलको अभाव
-
विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरू
-
भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु
-
बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो
-
एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
-
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण