तेक्वान्दोमा नेपाली खेलाडीले जिते १३ पदक
सारांश
- नेपाली खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन्।
- प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ५ कांस्य पदक नेपालले जित्यो, जुन चीनको छेङडुमा आयोजना भएको थियो।
- काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले प्रतियोगिताको बारेमा जानकारी दिए।
काठमाडौँ । नेपाली खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन् । नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए ।
अगष्ट २१ देखि २२ तारिखसम्म चीनको छेङडुमा भएको प्रतियोगितामा एकल पुम्सेको यु–१० मा आरुषी थिङ, यु–१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनि आयु रे र भीआर इभेन्टमा कुमार तामाङले स्वर्ण जिते ।
त्यस्तै ३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अफेस खत्री र एकल पुम्सेको यु–१४ मा पविना घलेले रजत हात पारे । २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीुमनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कांस्य प्राप्त गरे ।
प्रशिक्षकमा प्रवीण खड्गी रहेका छन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण