उत्तर कोरियाद्वारा नयाँ मिसाइल परीक्षण
सारांश
- उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण गरेको छ, जसमा नेता किम जोङ उन स्वयं उपस्थित थिए।
- मिसाइल परीक्षणले ड्रोन र क्रुज मिसाइल जस्ता हवाई लक्ष्यहरू नष्ट गर्न सक्ने क्षमता देखाएको छ।
- यसअघि, उत्तर कोरियाली सैनिकले सीमा पार गरेपछि दक्षिण कोरियाले चेतावनी दिएको थियो, र दुई देशबीच तनाव बढेको छ।
प्योङयाङ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले शनिबार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको जानकारी दिएको छ। उक्त परीक्षण देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित रही अवलोकन गरेका थिए।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार ती हतियारहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ रहेको र ‘अद्वितीय प्रविधि’ प्रयोग गरिएको छ। यद्यपि प्राविधिक विवरण भने खुलाइएको छैन।
केसीएनएले परीक्षणमार्फत ‘विभिन्न हवाई लक्ष्य—जस्तै ड्रोन र क्रूज मिसाइल—नष्ट गर्न यी दुई प्रकारका मिसाइल उपयुक्त छन् भन्ने प्रमाणित भएको’ बताएको छ।
यसअघि मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकले दुई देशबिचको असैन्यीकृत क्षेत्र पार गरेपछि दक्षिण कोरियाले चेतावनीस्वरूप गोली चलाएको पुष्टि गरेको थियो।
संयुक्त राष्ट्रसंघीय कमान्डका अनुसार सैनिकहरू क्षणिक रूपमा सीमा नाघेर पुनः फर्किएका थिए। त्यसबारेमा उत्तर कोरियाले भने दक्षिण कोरियामाथि ‘जानाजानी उक्साउने गतिविधि’ गरेको आरोप लगाएको छ। यसैबिच दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि व्यापक सैन्य अभ्यास सुरु गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण