‘माग्ने राजा’को प्रतिक्रिया बुझ्न हल पुगे केदार र वर्षा
आइतबार, ०८ भदौ २०८२, ०७ : ४७
सारांश
- निर्देशक ऋषि लामिछानेले 'माग्ने राजा'को प्रतिक्रिया बुझ्न कलाकारसहित हलमा पुगेका थिए।
- 'माग्ने राजा' हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षको भनाइ छ।
- वितरकका अनुसार, फिल्मले 'उनको स्वेटर' पछि दर्शक पाएको छ, र तीजको बिदामा राम्रो कमाइ हुने अपेक्षा छ।
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ को प्रतिक्रिया बुझ्न निर्देशक ऋषि लामिछाने फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर शनिबार काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेका छन् । सो क्रममा उनीहरुले दर्शकसँग साक्षात्कार गरे ।
कलाकार सहित निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षको भनाइ छ ।
अभिनेता केदार घिमिरे आफू भुइमान्छेलाई दर्शकको आशीर्वादले उत्साहित बनाएको बताए ।
चलचित्र वितरक रोहितकुमार कट्टेलले ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको दाबी गरे । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।
निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण