नेपाल ‘ए’ ले भारतमा टी–२० शृङ्खला खेल्ने
आइतबार, ०८ भदौ २०८२, ०९ : १५
सारांश
- नेपाल 'ए' टोलीले भारतमा टी-२० शृङ्खला खेल्ने भएको छ।
- शृङ्खला असाम राज्यको टोलीसँग अगस्ट २६ देखि ३ सेप्टेम्बरसम्म गुवाहाटीमा हुनेछ।
- क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।
काठमाडौँ । नेपाल ‘ए’ टोलीले छिमेकी राष्ट्र भारतमा टी–२० शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार असाम राज्यको टोलीसँग ५ खेलको शृङ्खला खेल्न लागिएको हो ।
गुवाहाटीमा हुने यो शृङ्खला आगामी अगस्त २६ देखि ३ सेप्टेम्बरसम्म खेलिनेछ । यसका लागि क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ ।
टोलीमा अर्जुन घर्ती मगर (विकेटकिपर), तीर्थराज दास, शुभ कंशकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा र विवेक कुमार यादवलाई समावेश गरिएको छ ।
त्यस्तै, पवन शर्राफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाललाई टोलीमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण