सुन्दरीजलमा पौडी खेल्दा डुबेका युवक मृत फेला
आइतबार, ०८ भदौ २०८२, १४ : ०१
सारांश
- काठमाडौंको सुन्दरीजलमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा संखुवासभाका २० वर्षीय अभिषेक राई रहेका छन्।
- युवकको शव बोक्सिदह नजिकै फेला परेको थियो र पोस्टमार्टमका लागि पठाइएको छ।
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा पौडी खेल्ने क्रममा डुबेका एक जना युवक मृत भेटिएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–११ घर भएर ललितपुर बस्दै आएका २० वर्षीय अभिषेक राईको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
शनिबार साथीहरूसँग पौडी खेल्न गएका उनी डुबेका थिए । सेनाको विपद् व्यवस्थापन गण र प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएका सुरक्षाकर्मीले आइतबार बोक्सिदह नजिकैबाट उनको शव निकालेका हुन् । शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण