पहिलो जितको खोजीमा युनाइटेड
आइतबार, ०८ भदौ २०८२, १४ : ५७
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरू हुँदै छन् ।
सिजनको पहिलो खेलमा नै घरेलु मैदानमा पराजित भएको युनाइटेड आज फुलहामको मैदानमा सिजनको पहिलो अवे खेल खेल्दै छ ।
फुलहाम र युनाइटेडबिचको खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा युनाइटेड सिजनको पहिलो जित निकाल्ने योजनामा छ ।
युनाइटेड सिजनको पहिलो खेलमा आर्सनलसँग पराजित भएको थियो । यता फुलहाम पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । सिजनको पहिलो खेलमा उसले ब्राइटनसँग बराबरी खेलेको थियो ।
प्रिमियर लिगअन्तर्गत आज नै हुने अर्काे खेलमा क्रिस्टल प्यालेसले नटिङ्घम फरेस्टसँग खेल्नेछ । दुई टोलीबिचको खेल साँझ ६ः४५ मा हुनेछ । सोही समयमा हुने अर्काे खेलमा एभर्टन र ब्राइटनले प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण