नेप्से परिसूचक १८ अङ्कले घट्यो
सारांश
- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.०२ अङ्कले घटेको छ र २७३९.९५ बिन्दुमा कायम भएको छ।
- आज ३२३ कम्पनीको शेयर किनबेच हुँदा रू छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५.९२ को कारोबार भएको छ।
- विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो ।
आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा रू ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानी शून्य दशमलव ७८, जीवन बिमा शून्य दशमलव ४४, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बिमा शून्य दशमलव ५०, व्यापार शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सात दशमलव २९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको रू एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण