शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुकुना क्याम्पस : सभापतिले आर्थिक हिनामिना गरेको भन्दै स्ववियु कक्षमा ताला

आइतबार, ०८ भदौ २०८२, १९ : २२
आइतबार, ०८ भदौ २०८२

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा आन्तरिक विवाद चुलिएको छ । 

स्ववियु सभापति एलिस ओझाले समितिलाई कुनै जानकारी नदिई एकलौटी र मनोमानी ढङ्गले आर्थिक दुरुपयोग गरेको भन्दै समितिका बहुमत सदस्यहरूले स्ववियुको कार्यालयमा ताला लगाएका छन् । 

स्ववियु सचिव रोशन क्षेत्री, कोषाध्यक्ष सरिना थापा, सहायक सचिव होम बहादुर पौडेललगायत बहुमत सदस्यहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै सभापतिको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् । 

सभापति ओझाले अनेरास्ववियुको २४औँ महाधिवेशनका लागि भन्दै स्ववियु कोषबाट २० हजार रुपैयाँ रकम समितिको कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमतिबिना नै निकालेको आरोप उनीहरुले लगाएका छन् ।

‘ स्ववियुको नक्कली लेटरप्याट प्रयोग गरेर ५ लाख सम्म दुरुपयोग गरेको पाएका छौ’, एक स्ववियु सदस्यले भने ‘हामीले छानबिनका लागि २४ घण्टाको समय दिएका छौ ।’ 

विद्यार्थीको हकहित र समस्या समाधानका लागि जम्मा गरिएको कोषलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको उनीहरूको दाबी छ ।विवाद सतहमा आएपछि बहुमत सदस्यहरूले पाँच बुँदे माग अघि सार्दै सभापति र क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

उनीहरूले सभापतिलाई रकमको सम्पूर्ण विवरण तत्काल सार्वजनिक गर्न, एकल निर्णय गर्नुको स्पष्टीकरण दिन र भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन चेतावनी दिएका छन् । 

त्यसैगरी क्याम्पस प्रशासनलाई पनि स्ववियु अध्यक्षलाई के को आधारमा रकम निकासा दिइयो भनी २४ घण्टाभित्र लिखित जवाफ दिन माग गरिएको छ ।

बहुमत सदस्यहरूले यो विषयमा ढाकछोप नगरी छानबिन प्रक्रिया अगाडि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप