शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओली सरकारका तीन मन्त्री हटाइनेदेखि रुपन्देही–३ मा ठुला दललाई धक्का दिने रास्वपाको तयारीसम्म

आइतबार, ०८ भदौ २०८२, २२ : ००
आइतबार, ०८ भदौ २०८२

आज २०८२ भदौ ८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा ओली सरकारका तीन मन्त्री हटाइने, रुपन्देही–३ मा ठुला दललाई धक्का दिने रास्वपाको तयारी, किनमेल गरेर आउँछु भनेकी रुबीको शव सुटकेशभित्र, देउवाले बोलाएर पदाधिकारी बैठक, गत आर्थिक वर्षको अर्थतन्त्र कस्तो रह्यो ?, एक वर्षमै फेरियो विद्या भण्डारीलाई हेर्ने एमाले नजर लगायत छन् ।

१. ओली सरकारका तीन मन्त्री हटाइने
केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका तीन मन्त्री हटाइने भएको छ । सम्बन्धित दलको सिफारिसमा ती मन्त्री हटाएर नयाँलाई जिम्मेवारी दिन थालिएको हो । 

२. रुपन्देही–३ मा ठुला दललाई धक्का दिने रास्वपाको तयारी
प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा कांग्रेस–एमालेसहित ठुला दललाई धक्का दिने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको छ ।

३. किनमेल गरेर आउँछु भनेकी रुबीको शव सुटकेशभित्र
रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रुवी साहका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । आमालाई ‘किनमेल गरेर आउँछु’ भनेकी रुवीको हत्या कसले गरेको हो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । 

४. देउवाले बोलाएर पदाधिकारी बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी बैठक आह्वान गरेका छन् । राज्य व्यवस्था समितिका सभापति र उपसभामुखबारे छलफल गर्न बैठक बोलाइएको हो ।

५. गत आर्थिक वर्षको अर्थतन्त्र कस्तो रह्यो ?
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो ।

६. एक वर्षमै फेरियो विद्या भण्डारीलाई हेर्ने एमाले नजर
नेकपा एमालेले २०८१ वैशाख १० गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’का रूपमा सम्मान  गर्यो । अहिले उनै विद्या भण्डारी सक्रिय राजनीतिमा आउन खोज्दा एमालेका जिम्मेवार नेताहरू ‘गणतन्त्र खतरामा पर्ने’ धारणा राख्न थालेका छन् ।

७. बहुमूल्य गहन लगाएर पशुपतिमा नआउन आग्रह
तिजको अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने महिलालाई बहुमूल्य गहना लगाएर नआउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

८. जीबी राईका जेठान १० लाख धरौटीमा रिहा
पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बमजन सहकारीका पूर्वअध्यक्ष हुन् भने ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठानसमेत हुन् ।

९. वीरगञ्जमा हैजा सङ्क्रमण
पर्साको वीरगन्ज महानगरपालिकामा हैजा फैलिँदा हालसम्म तीन जनाको मृत्यु भएको छ । तीव्र गतिमा फैलिएको हैजाका कारण स्थिति गम्भीर बनेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. चन्द्रभाल झाले जानकारी दिए ।

१०. चोलेन्द्रविरुद्धको महाभियोग कसले फुकाउने ?
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग अझै टुङ्गो लाग्न सकेको छैन । उनले न महाभियोगबाट सफाइ पाएका छन्, न त दोषी नै ठहर हुन सकेका छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप