यस्तो छ आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
- आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको अनुमान छ भने अघिल्लो वर्ष ३.६७ प्रतिशत थियो।
- शोधनान्तर स्थिति रु. ५९४ अर्ब ५४ करोड बचतमा रहँदा, आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो ।
यस्तै वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको
थियो । शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडलेबचतमा रहेको छ ।
यस्तै आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई रु.५४ खर्ब ९८ अर्ब पुगेको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण