एक वर्षमा तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि
सारांश
- गत वर्षको तुलनामा तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको छ।
- आर्थिक वर्ष २०८०/८१ मा यो सूचकाङ्क ५.०३ प्रतिशतले बढेको थियो।
- प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ७.४४ प्रतिशतले वृद्धि भएको छ।
काठमाडौँ । एक वर्षको अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको उल्लेख रहेको हो ।
यसअघि यस्तो सूचकाङ्क ५.०३ प्रतिशतले वृद्धि भएको थियो। यस्तै आर्थिक वर्ष २०८१/८२ को चौथो त्रयमासमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.६३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएको थियो ।
यस्तै प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धि १.२३ प्रतिशत, मधेस प्रदेशको २.१४ प्रतिशत, बागमती प्रदेशको १.९८ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै गण्डकी प्रदेशको २.७४ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७२ प्रतिशत, कर्णाली प्रदेशको ३.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.४४ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण