बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र

आइतबार, ०८ भदौ २०८२, ११ : १५
आइतबार, ०८ भदौ २०८२

सारांश

  • वीरगन्ज महानगरपालिकामा हैजा पुष्टि भएपछि खानेपानी परीक्षण र शुद्धीकरणको काम भइरहेको छ।
  • मन्त्री प्रदीप यादवसहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पानी परीक्षण सुरु गरेको छ।
  • हैजाका कारण वीरगन्जमा २ जनाको मृत्यु भएपछि मन्त्रालय र विभागको टोली खटिएको छ।

वीरगन्ज । हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रूपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । 

उनले भने, “आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा म सहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।”

वीरगन्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजा रोगको सङ्क्रमण देखिएको र २ जनाको मृत्यु समेत भएपछि अहिले मन्त्री यादव सहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप