मृत्यु, कारबाही र पार्टी परित्यागले एमाले महाधिवेशन प्रतिनिधि घटे
काठमाडौँ । नेकपा एमालेका झण्डै ४० जना विधान महाधिवेशन प्रतिनिधि घटेका छन् ।यही भदौ २०–२२ गते हुने दोस्रो विधान महाधिवेशनमा सहभागी हुने झण्डै ४० जना घट्ने भएको सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।
प्रमुख अधिकारीले २०७८ मङ्सिरमा चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुने भन्दै तिनै मध्येबाट अद्यावधिक गर्ने काम भइरहेको बताए ।
अधिकारीका अनुसार अद्यावधिक गर्ने क्रम अन्तिम चरणमा पुगेकाले त्यो सकिएपछि एक दुई दिनभित्र सार्वजनिक गर्ने तयारी छ ।
‘महाधिवेशन प्रतिनिधि अद्यावधिक गर्ने क्रम अन्तिम चरणमा छ । 'अद्यावधिक सकेपछि मात्र कति महाधिवेशन प्रतिनिधि हुन्छन् भन्ने थाहा हुन्छ’, उनले भने, ‘मृत्यु भएका, कारबाहीमा परेका र पार्टी छाडेकाहरू घट्ने हुन्, मोटामोटी ४० जति घट्ने देखिन्छ ।’
एमालेको दसौँ महाधिवेशनमा २१ सय हाराहारी प्रतिनिधि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण