शान्ति प्रयास अवरुद्ध भएपछि जेलेन्स्कीद्वारा पुटिनसँग वार्ताको आवश्यकतामा जोड
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता युद्ध अन्त्यको लागि उत्तम बाटो हुने बताए।
- युक्रेनले रुसमाथि ड्रोन आक्रमण गर्यो, जसले गर्दा आणविक ऊर्जा संयन्त्रमा आगो लाग्यो।
- जेलेन्स्कीले रुसलाई शान्तितर्फ धकेल्ने प्रतिबद्धता व्यक्त गरे भने डोनेट्स्क क्षेत्रमा दुई गाउँ रुसले कब्जा गरेको छ।
किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रोकिएको कूटनीतिक प्रयासबिच रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्ता ‘सबैभन्दा प्रभावकारी बाटो’ हुने बताएका छन् ।
युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा उनले प्टिनसँगको वार्तामा जोड दिएका हुन् ।
युक्रेनीहरूले आफ्नो स्वतन्त्रता दिवस मनाइरहँदा ‘युक्रेनमा रुसी आक्रमण’ चौथो वर्षमा प्रवेश गरेको छ। युद्ध जारी रहँदा आइतबार युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ ।
आक्रमणका कारण एक रुसी आणविक ऊर्जा संयन्त्रमा आगो लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस शिखर सम्मेलनका लागि मध्यस्थता गर्ने भन्दै युद्ध अन्त्यका लागि दबाब दिए पनि रुसले पुटिन र जेलेन्स्कीबीच तत्काल कुनै पनि भेटवार्ता हुन नसक्ने बताएपछि युक्रेनमा शान्तिको आशा क्षीण भएको छ तर जेलेन्स्कीले आइतबार पुटिनसँग द्विपक्षीय शिखर वार्ताको आह्वान गर्दै ‘नेताहरूबिचको वार्ताको ढाँचा नै सबैभन्दा प्रभावकारी बाटो भएको’ बताएका छन् ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले यसअघि पश्चिमा मुलुकहरूले वार्ता अवरुद्ध गर्ने बहाना’ खोजेको आरोप लगाउँदै जेलेन्स्कीले ‘कुनै पनि हालतमा तत्काल बैठकको माग’ गरेको भन्दै आलोचना गरेका थिए ।
जेलेन्स्कीले अमेरिकी राजदूत किथ केलोग र अन्य पश्चिमी अधिकारीहरूको उपस्थितिमा आयोजित समारोहमा रूसलाई शान्तितर्फ धकेल्ने प्रतिबद्धता व्यक्त गरे ।
युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको अवस्थामा रुसले हालै पूर्वी डोनेट्स्क क्षेत्रका दुई गाउँलाई शनिबार आफ्नो कब्जामा लिएर नयाँ प्रगतिको दाबी गरेको छ ।
युक्रेनी कमाण्डर इन चिफ ओलेक्सान्डर सिस्र्कीले आइतबार डोनेट्स्कमा रहेका अन्य तीन वटा गाउँलाई पुनः प्राप्त गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण