उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई कुलमानको आह्वान
सारांश
- कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई आग्रह गरे।
- उनले एनआरएन नागरिकताको प्रावधान कार्यान्वयनमा जोड दिँदै गोर्खा सैनिकको माग पूरा गर्न आग्रह गरे।
- घिसिङले नेपालीले पठाएको रकमले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानबारे चर्चा गर्दै लगानीको वातावरण बनाउन आग्रह गरे।
लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई आह्वान गरेका छन्।
लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औँ नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका हुन् । उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरे।
खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानुन बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढिला नगरीकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने।
घिसिङले सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पुरा गर्न आग्रह पनि गरे। ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मर्म अनुरूप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए।
भर्खरै गरिएको एक अध्ययनले नेपालीहरूले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलर भन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउँदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालको ठुलो एसेट (सम्पत्ति) भएको बताए हो। एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे। उनले नेपालको रूपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण