‘जिरो डिग्री’ निर्माण हुने, मुख्य भूमिकामा विजय
काठमाडौंँ । फिल्म ‘जिरो डिग्री’ निर्माण हुने भएको छ ।
गत वर्ष ‘बेहुली फ्रम मेघौली’ बनाएका निर्देशक सजन काफ्ले र आकाश बरालको निर्देशनमा यो फिल्म बन्ने भएको हो । निर्माण युनिटले तिजको अवसर पारेर सोमबार फिल्मको मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल रहनेछन् ।
निर्देशक काफ्लेका अनुसार सडक नभएको गाउँमा बुवाआमाको निधनपछि विदेशमा रहेका छोराछोरी नआइपुगुन्जेल शव जोगाउन सहरबाट डीप फ्रिज बोकेरै गाउँमा भित्र्याएपछि सिर्जना हुने परिस्थिति नै फिल्मको कथा बनाइएको छ ।
फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा तथा संवाद निर्देशकद्वय सजन र आकाशले तयार पारेका छन् । फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन् ।
तिहारपछि छायांकन सुरु हुने बताइएको फिल्म अर्को वर्ष प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्मका गीतहरूमा अङ्कित बाबु अधिकारीले सङ्गीत दिनेछन् भने युवराज काफ्लेले गीत रचना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण