प्रि-आईपीओको नाममा सामाजिक सञ्जालबाट धमाधम असुली, धितोपत्र बोर्डको यस्तो चेतावनी
सारांश
- नेपाल धितोपत्र बोर्डले प्रि-आईपीओको नाममा सेयर बिक्री नगर्न चेतावनी दिएको छ।
- बोर्डले ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्जालमार्फत पैसा उठाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ।
- धितोपत्र ऐन, २०६३ विपरीत कार्य गर्नेलाई दण्डित गरिने बोर्डको भनाइ छ।
काठमाडौँ । प्रि–आईपीओ भन्दै सार्वजनिक निष्कासन नभएका विभिन्न सङ्गठित संस्थाको नाममा सेयर बिक्रीको प्रयास हुन थालेपछि नेपाल धितोपत्र बोर्डले यस्तो कार्य नगर्न चेतावनी दिएको छ ।
सामाजिक सञ्जालहरू ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल तथा एसएमएसमार्फत प्रचार गरी निकट भविष्यमै केही कम्पनीको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भन्दै अनधिकृत रूपमा पैसा उठाइरहेकोले गुनासोका आधारमा बोर्डले उक्त यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको हो ।
प्रचलित कानुनमा प्रि–आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा सङ्गठित संस्थाले ‘एक पटकमा पचास जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नु पर्नेछ’ भन्ने व्यवस्था समेत सम्झाएको छ ।
साथै, बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रूपमा सङ्गठित संस्थाको शेयर खरिद र बिक्रीसम्बन्धी कार्य नगर्न समेत बोर्डले आग्रह गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरीतका यस्ता कार्य दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन समेत बोर्डले सजग गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण