चलचित्र ‘जेरी : अन टप’ को टिजर सार्वजनिक
सोमबार, ०९ भदौ २०८२, १८ : ४७
काठमाडौँ । चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको मूख्य भूमिका रहेको चलचित्रको टिजरमा कथावस्तु र पात्रको चरित्र बुझाउन खोजिएको छ । चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा निर्माण भएको चलचित्रमा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय छ ।
चलचित्रको पटकथा हेमराज बीसी हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् । चलचित्रको छायाङ्कन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौँमा गरिएको थियो । चलचित्र आगामी असोज ३१ गते (१७ अक्टोबर) प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण