मितेरी सहकारी ठगी प्रकरण : दुई जना थुनामा पठाइए, एक जनालाई धरौटीमा छाड्न आदेश
सारांश
- मितेरी सहकारी ठगी प्रकरणमा संलग्न दुई अभियुक्तलाई थुनामा र एक जनालाई धरौटीमा छाड्ने आदेश दिइयो।
- प्रहरीले पक्राउ गरेका ३ जनामध्ये सुरेश अधिकारी धरौटीमा छुटे, भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई थुनामा पठाइयो।
- सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादीमध्ये ५ जना फरार छन्, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी पनि छिन्।
काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन् ।
ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जना सहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो ।
सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको थियो ।ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको थियो ।
धेरैजसो थाइल्याण्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् ।
‘आकर्षक व्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौं ठगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।
मितेरीको सावाँ ब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकम समेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण