राखेपको ६२औं वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा सम्मान
सारांश
- राखेपले ६२औं वार्षिकोत्सवमा खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गर्ने भएको छ।
- सम्मान कार्यक्रम भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुनेछ।
- यस वर्ष ५ खेलाडीलाई नगदसहित सम्मान गरिनेछ, जसमा सिनियर र जुनियर खेलाडीहरू पर्छन्।
काठमाडौँ । । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६२औं वार्षिकोत्सवको अवसरमा खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गर्ने भएको छ। कार्यक्रम आगामी भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुनेछ। उक्त विशेष समारोहमा राखेपका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ।
यस वर्ष ५ खेलाडीलाई नगदसहित सम्मान गरिनेछ। जसमा सिनियर र जुनियरतर्फ १/१ पुरुष तथा १/१ महिला र १ पारा खेलाडी पर्छन्। सिनियर विधाका खेलाडीलाई समान १–१ लाख रुपैयाँ, जबकि जुनियर र पारा खेलाडीलाई समान ५०–५० हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यसैगरी, खेलकुद पत्रकार पुरस्कारतर्फ १ पुरुष र १ महिला पत्रकारलाई समान २०–२० हजार रुपैयाँ सहित सम्मान गरिनेछ।
प्रशासन र प्राविधिक क्षेत्रमा समेत पुरस्कार वितरण हुनेछ। यसतर्फ ८ कर्मचारी (२ करारसहित) लाई सम्मान गरिँदैछ। जसअन्तर्गत, सर्वोत्कृष्ट २ कर्मचारीलाई समान २५–२५ हजार, उत्कृष्ट २ लाई समान १५–१५ हजार, र परिषद् सेवा तथा करार सेवातर्फ २/२ लाई समान १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ।
यसबाहेक, उत्कृष्ट खेल संघलाई १ लाख रुपैयाँ, जबकि उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रमार्फत सम्मान गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण