प्रिमियर लिग
न्युकासललाई अन्तिम क्षणमा हराउँदै लिभरपुलको रोमाञ्चक जित
मङ्गलबार, १० भदौ २०८२, ०३ : १३
सारांश
- लिभरपुलले न्युकासल युनाइटेडलाई ३-२ ले पराजित गर्दै नाटकीय जित हासिल गर्यो।
- रियो न्गुमोहाले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे।
- न्युकासलका एन्थोनी गार्डन रातो कार्ड पाएर बाहिरिए।
- खेलमा रायन ग्राभेनबर्च र ह्युगो एकिटिकेले पनि गोल गरे।
काठमाडौँ । प्रिमियर लिगमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-२ ले हराउँदै नाटकीय जित हात पारेको छ। खेलको नायक १६ वर्षीय रियो न्गुमोहा बने, जसले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे।
खेलको ३५औँ मिनेटमा रायन ग्राभेनबर्चले पहिलो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसपछि न्युकासलका एन्थोनी गार्डन गम्भीर फाउलका कारण रातो कार्ड पाएर बाहिरिए।
१० खेलाडीमा सीमित न्युकासलविरुद्ध दोस्रो हाफ सुरु भएलगत्तै ह्युगो एकिटिकेले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए। तर ५९औँ मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै अन्तर घटाए।
८८औँ मिनेटमा विलियम ओसुलाले बराबरी गोल गर्दै खेललाई नाटकीय बनाएका थिए। तर अतिरिक्त समयको अन्तिम क्षणमा रियो न्गुमोहाले गोल गर्दै लिभरपुललाई ३-२ गाेल अन्तरले जित दिलाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण