जेल सजाय काट्न पुरुष महिला बनेपछि...
बर्लिन । जर्मनीको नयाँ ‘जेन्डर सेल्फ–डिटर्मिनेशन एक्ट’को लाभ उठाउँदै एक पुरुष चरमपन्थीले आधिकारिक रूपमा आफ्नो लिङ्ग महिलामा परिवर्तन गरेका छन् । जसले गर्दा अब उनलाई महिलामात्रकै जेलमा पठाइने भएको छ।
सन् २०२३ को जुलाईमा जर्मनीको स्याक्सन–अन्हाल्ट राज्यस्थित हाल्ले जिल्ला अदालतले स्वेन लिबिचलाई घृणा फैलाउने, बदनाम गर्ने र अपमान गर्ने अभियोगमा डेढ वर्ष (१ वर्ष ६ महिना) कैद सजाय सुनाएको थियो। त्यसबेला उनी पुरुष पहिचानमै थिए। तर सन् २०२४ को अन्त्यतिर उनले ‘सेल्फ–डिटर्मिनेशन एक्ट’ को सहायताले नाम परिवर्तन गरी मार्ला–स्वेन्जा लिबिच राखे र कानुनी रूपमा आफूलाई महिला दर्ता गराए।
जर्मन समाचारपत्र डेर स्पिगेलले लिबिचको यो कदमलाई राज्यलाई अपमानित गर्न गरिएको दुरुपयोग भन्दै प्रश्न उठाएको छ। रोचक कुरा त, विगतमा उनले समलैंगिक समुदायविरुद्ध वक्तव्य दिने गरेका थिए।
पहिला धेरै सञ्चारमाध्यमहरूले उनको परिवर्तनलाई मात्र उत्तेजना र उक्साहटको लागि गरिएको भन्दै उनलाई महिलामात्रकै जेलमा नराखिने अनुमान गरेका थिए। तर पछिल्लो हप्तामा हाल्ले सहरका प्रमुख सार्वजनिक अभियोजकले नै मार्ला–स्वेन्जा लिबिचलाई केम्निट्ज महिला जेलमा सजाय भोग्न पठाइने बताएका छन्।
लिबिचले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म आफ्नो जेल सजाय निर्धारित मितिमा सुरु गर्नेछु। २०२५ अगस्त २९ राति १० बजे म आफ्नो सुटकेससहित केम्निट्ज कारागारमा पुग्नेछु’ भनेर पुष्टि गरेका छन्।
तर, उनलाई जेलभित्र कुन खण्डमा राख्ने भन्नेबारे निर्णय अझै भइसकेको छैन। कारागार प्रशासनले उनको उपस्थितिले सुरक्षा र व्यवस्थामा खतरा पुर्याउँछ कि पर्दैन भन्ने आधारमा अन्तिम व्यवस्था गर्ने जनाइएको छ।
युरोन्यूजका अनुसार, लिबिचले श्क्योडित्जस्थित दर्ता कार्यालयमा साधारण घोषणामार्फत नाम र लिङ्ग परिवर्तन गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण