पत्रकार तथा अध्येता टुमराज कोइरालाको पुस्तक ‘रचनात्मक पत्रकारिता’ प्रकाशित
पत्रकार तथा अध्येता टुमराज कोइराला (कला अनुरागी) लिखित रचनात्मक पत्रकारितामाथि लेखिएको ‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ प्रकाशन भएको छ । पुस्तक यसै साताबाट उपलब्ध हुने गरी सार्वजनिक गरिएको प्रकाशक ‘सञ्चार रजिस्ट्रारको कार्यालय’, बागमती प्रदेशले जानकारी दिएको छ ।
सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।
पुस्तकमाथि भूमिका लेख्दै त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारहरूलाई झकझकयाउने विश्वास व्यक्त गरेका छन् । भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन पुस्तकलाई उपयोगी ठानिने निष्कर्ष उनले उल्लेख गरेका हुन् ।
पुस्तकमा रचनात्मक पत्रकारिता अभ्यासको नेतृत्व गरिरहेका अन्तराष्ट्रिय संस्थाका नेतृत्वहरूले पनि भूमिका लेखेका छन् । समाधान पत्रकारिता नाम दिएर पत्रकारिताको रचनात्मक अभ्यास प्रवर्धन गरिरहेको ‘सोलुसन जर्नालिज्म नेटवर्क’की सह–संस्थापक तथा पुलित्जर पुरस्कार विजेता पत्रकार टिना रोजेनबर्गको पुस्तकबारे भनाइ छ, ‘नेपालका पत्रकार, पत्रकारितासम्बद्ध सङ्घ–संस्था र नीतिनिर्माताहरूको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ । सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो ।’
त्यसैगरी डेनमार्कको आह्रुस विश्वविद्यालयस्थित कन्स्ट्रक्टिभ इन्स्टिच्युटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उल्रिक हागरूपले भूमिकामा लेखेका छन्, ‘यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ । पुस्तकले स्पष्ट पार्छ– यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हामी सबैको साझा बुझाइ हो ।’
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल–पिएचडी शोध गरिरहेका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताएका छन् । उनी भन्छन्, ‘शोधका लागि अध्ययन गर्ने क्रममा रचनात्मक पत्रकारिताको अभ्यास नेपाली सन्दर्भमा पनि अपरिहार्य रहेको बोध भयो । त्यसैले प्राप्त ज्ञानलाई बाँड्दै जाने उद्देश्यका साथ पुस्तकको स्वरूपमा काम गरिएको हो ।’
कोइरालाका अनुसार यो पुस्तक बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय, हेटौँडा र जावलाखेलबाट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण