अस्ट्रेलिया दुई प्रहरीको गोलीहानी हत्या, एक जना घाइते
सारांश
- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गोलीकाण्ड हुँदा दुई प्रहरीको मृत्यु भएको छ, एक घाइते छन्।
- प्रहरी यौन दुर्व्यवहारको आरोपमा वारेन्ट दिन जाँदा अज्ञात बन्दुकधारीले आक्रमण गरेको थियो।
- आक्रमणकारी परिवारका सदस्यसहित फरार रहेको र उनी 'सार्वभौम नागरिक' समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
भिक्टोरिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण सहर पोरेपुनकाहमा मंगलबार भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
स्थानीय मिडियाका अनुसार प्रहरी अधिकारीहरू यौन दुर्व्यवहार सम्बन्धी आरोपमा वारन्ट थमाउन गएका बेला उनीहरूलाई अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए। प्रहरीले घटनास्थललाई सक्रिय ‘इन्सिडेन्ट जोन’ घोषणा गर्दै स्थानीयलाई त्यहाँ नजान आग्रह गरेको छ।
‘दि एज’ पत्रिकाका अनुसार गोलबारीपछि भिक्टोरिया प्रहरीको विशेष अपरेसन समूहका हतियारसहितका अधिकारीहरू परिचालन गरिएको छ। आक्रमणकारी अहिले परिवारका केही सदस्य (बालबालिका समेत) सहित फरार रहेको बताइएको छ।
अस्ट्रेलियन ब्रोड्कास्टिङ कर्पोरेसन (एबीसी) ले प्रहरीले आक्रमणकारीलाई "सार्वभौम नागरिक" समूहसँग सम्बन्धित भएको आशङ्का गरेको जनाएको छ। यस समूहका अनुयायीहरूले सरकारलाई अवैध ठान्ने गर्छन्।
अस्ट्रेलियन फेडरल प्रहरी प्रमुख रिस केर्शले घटनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै पीडित प्रहरी परिवारप्रति समवेदना प्रकट गरेका छन्।
पोरेपुनकाह नगरपालिकाकी मेयर साराह निकोलसले यसलाई ‘समुदायका लागि गहिरो शोक र स्तब्धताको दिन’ भन्दै मृतक प्रहरीका परिवार र सहकर्मीलाई श्रद्धाञ्जली व्यक्त गरेकी छिन्। नगरपालिकाका सार्वजनिक सेवा केन्द्रहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण