राजनीति
किन स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक ?
मङ्गलबार, १० भदौ २०८२, १९ : ३४
सारांश
- नेकपा एमालेको भदौ १३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
- विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूमाथि छलफलका लागि बैठक बोलाइएको थियो।
- आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको र अर्को मिति तय भइनसकेको बताइएको छ।
काठमाडौँ । नेकपा एमालेको भदौ १३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूमाथि छलफल गर्ने प्रयोजनका लागि भदौ १३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै अन्तिम अवस्थामा बैठक स्थगित गरिएको हो ।
एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म बस्नेगरी तय भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले १३ गतेको बैठक स्थगित भएको भन्दै अर्को मिति तय भइनसकेको बताए ।
‘अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको हो’, अधिकारीको भनाइ छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन् ।
अब उनी फर्केपछिमात्र बैठक बस्नसक्ने नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण