मुख्यमन्त्री योगी आदित्यनाथमाथि बनेको फिल्म रिलिज गर्न अदालतको अनुमति
सारांश
- बम्बई उच्च अदालतले योगी आदित्यनाथको बायोपिक रिलिज गर्न अनुमति दिएको छ।
- सीबीएफसीले सुरुमा फिल्मलाई प्रमाणपत्र दिन अस्वीकार गरेको थियो, तर अदालतले आपत्तिजनक केही नभएको ठहर गर्यो।
- अदालतले फिल्ममा 'यो कथा पूर्ण रूपमा कल्पनामा आधारित हो' भन्ने डिस्क्लेमर राख्न सुझाव दिएको छ।
मुम्बई । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनमा आधारित फिल्म ‘अजेय : द अनटोल्ड स्टोरी अफ ए योगी’ लाई बम्बई उच्च अदालतले रिलिज गर्न अनुमति दिएको छ। अदालतले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) लाई कुनै कट वा परिमार्जन बिना फिल्मलाई प्रमाणपत्र दिन निर्देशन दिएको हो।
फिल्म निर्माताले सीबीएफसीले सर्टिफिकेट दिन अस्वीकार गरेपछि अदालतमा याचिका दायर गरेका थिए। त्यसपछि अदालतले २१ अगस्तमा स्वयम् फिल्म हेरेर कुनै आपत्तिजनक दृश्य नभएको ठहर गर्दै फिल्मलाई रोक्ने आधार नदेखिएको निर्णय सुनाएको हो।
सुनुवाइका क्रममा सीबीएफसीका वकिलले फिल्ममा केही अश्लील दृश्य रहेको र यसले मुख्यमन्त्रीको छविमा असर पार्न सक्ने दाबी गरेका थिए। तर अदालतले उनी आफैँले फिल्म नहेको तथ्य उजागर गर्दै फिल्ममा न त अश्लीलता छ न त आदित्यनाथको छविलाई क्षति पुग्ने खालको सामग्री रहेको बताएको छ।
अदालतले चाहिएको खण्डमा सीबीएफसीले फिल्ममा ‘यो कथा पूर्ण रूपमा कल्पनामा आधारित हो’ भन्ने डिस्क्लेमर राख्न सक्ने सुझाव दिएको छ। निर्माता पक्षले नयाँ डिस्क्लेमर तयार पारेको र अदालतले त्यसलाई स्वीकृति दिएको छ।
पहिले सीबीएफसीले फिल्ममा २९ स्थानमा कट मागेको थियो, जुनपछि २१ मा झारिएको थियो। तर, निर्माता पक्ष यसबारे असहमत हुँदै अदालत पुगेका थिए।
फिल्म शान्तनु गुप्ताको पुस्तक ‘द मोंक हु बिकेम चिफ मिनिस्टर’ बाट प्रेरित छ। यसमा योगी आदित्यनाथको बाल्यकालदेखि मुख्यमन्त्री बन्ने यात्रा, सङ्घर्ष, त्याग र राजनीति–समाज–धर्मका बदलिँदा समीकरणहरूको प्रस्तुति रहने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण