शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फरक क्षमता भएकाहरूसँग रणवीर र समयले भिडियो बनाएर माफी माग्नुपर्ने

मङ्गलबार, १० भदौ २०८२, १६ : ३३
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • भारतको सर्वोच्च अदालतले फरक क्षमता भएका व्यक्तिहरूको मजाक उडाएको प्रकरणमा माफी माग्न आदेश दिएको छ।
  • युट्युबर रणवीर अलाहबादिया र कमेडियन समय रैनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र सचेतना फैलाउनुपर्नेछ।
  • अदालतले सूचना तथा प्रसारण मन्त्रालयलाई फरक क्षमता भएकाहरूको सम्मानको लागि स्पष्ट मार्गदर्शन बनाउन निर्देशन दिएको छ।
00:00 / NaN:NaN
Audio By AI

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले फरक क्षमता भएकाहरू व्यक्तिहरूको मजाक उडाएको प्रकरणमा कडा कदम चालेको छ। 

सोमबार भएको सुनुवाइमा अदालतले युट्युबर तथा सोसल मिडिया इन्फ्लुएन्सर रणवीर अलाहबादिया र कमेडियन समय रैनालाई भिडियो बनाएर सार्वजनिक रूपमा माफी माग्न आदेश दिएको हो।

न्यायाधीश सूर्यकान्त र जस्टिस जोयमाल्या बागचीको इजलासले सूचना तथा प्रसारण मन्त्रालयलाई यस सम्बन्धमा स्पष्ट गाइडलाइन तयार गर्न पनि निर्देशन दिएको छ, जसले भविष्यमा फरक क्षमता भएकाहरूहरूको गरिमा र सम्मान सुरक्षित रहोस्।

अदालतको आदेशअनुसार रणवीर अलाहबादिया र समय रैनाले आफ्ना-आफ्ना सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक माफी माग्दै भिडियो पोस्ट गर्नुपर्नेछ। उनीहरूले शपथपत्र पेश गरी आफ्ना प्लेटफर्ममार्फत फरक क्षमता भएकाहरू अधिकारबारे जनचेतना फैलाउने प्रतिबद्धता जनाउनुपर्नेछ। व्यावसायिक भाषण प्रयोग गरेर कसैको भावनामा चोट पुर्‍याउने गतिविधि नगर्न आदेशमा भनिएको छ।

सुनुवाइमा न्यायाधीश सूर्यकान्तले भने, ‘हास्य जीवनको हिस्सा हो, हामी आफैँमाथि पनि हाँस्छौँ। तर जब अरूलाई होच्याउने गरी हास्य प्रयोग हुन्छ, त्यो समस्यामा परिणत हुन्छ। आज विषय फरक क्षमता भएकाहरूहरूको हो, भोलि महिला, बालबालिका वा ज्येष्ठ नागरिक पनि हुन सक्छन्। त्यसैले इन्फ्लुएन्सरहरूले आफ्नो जिम्मेवारी बुझ्नैपर्छ।’

  • विवाद कसरी सुरु भयो?

गत फेब्रुअरीमा इन्डियाज गट लेटेण्ट कार्यक्रममा रणवीर अलाहबादियाले अश्लील टिप्पणी गरेको भन्दै उजुरी परेको थियो। त्यसैबिच, समय रैनामाथि स्ट्यान्डअप कमेडी शोमा स्पाइनल मस्क्युलर एट्रोफी (एसमए) पीडित नेत्रहीन शिशुको मजाक गरेको आरोप लाग्यो। यी दुवै मुद्दालाई सर्वोच्च अदालतले संयुक्त रूपमा सुनुवाइ गरेको हो।

यस प्रकरणमा फरक क्षमता भएकाहरूको अधिकारका लागि काम गर्ने फाउन्डेशनको तर्फबाट मुद्दा लडिरहेकी वरिष्ठ अधिवक्ता अपराजिता सिंहले भनिन्, ‘सर्वोच्च अदालतको यो आदेशले स्पष्ट सन्देश दिएको छ कि फरक क्षमता भएकाहरूहरूको गरिमासँग खेलवाड कतै पनि सह्य हुने छैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप