सङ्गठित आपराधिक लाभ मुद्दा : दुर्गा प्रसाईँसहित ३ जनाकाे पेसी भदौ १७ मा
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ३ जनाविरुद्ध सङ्गठित रूपमा आपराधिक लाभ लिएको कसुरमा दायर मुद्दामा भदौ १७ गतेका लागि पेसी तोकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएकोमा प्रसाईँका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गरेपछि अर्को साताका लागि पेसी तोकिएको हो ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईँसहित पाँचथर घर भएका हरिचन्द्र फुयाल ‘नविन’ र तेह्रथुम घर भएका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ । रामचन्द्र मैनाली फरार छन् ।
हरिचन्द्र फुयाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको आरोप छ ।
फुयालले नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेको आरोप छ ।
प्रसाईँसहितका आरोपीहरूलाई सङ्गठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण