आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, ११ भदौ २०८२, ०६ : २५
सारांश
- आज संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछन्।
- राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।
- विधायन व्यवस्थापन समितिमा 'संघीय निजामति सेवा विधेयक, २०८०' माथि छलफल हुनेछ।
काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण