बुटवलमा जुट्दै विप्लव, जनार्दन र घनश्याम
बुधबार, ११ भदौ २०८२, १५ : ०४
काठमाडौँ । प्रमुख तीन कम्युनिस्ट पार्टीका तीन नेताहरू एकै मञ्चमा जुट्न लागेका छन् ।
रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एकै मञ्चमा जुट्न लागेका हुन् ।
उनीहरूलाई एउटै मञ्चमा जुटाउने कार्य सहिद बेपत्ता स्मृति प्रतिष्ठानले गर्न लागेको हो । प्रतिष्ठानले तीन नेतालाई एकै मञ्चमा राखेर बिहीबार बुटवलस्थित एसियन होटेलमा अन्तरक्रिया गर्न लागेको हो ।
वर्तमान राजनीतिक सङ्कट र निकास विषयक अन्तरक्रियाका क्रममा उनीहरूले आ–आफ्नो धारणा राख्न लागेको प्रतिष्ठानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण