यूरोप पठाइदिने प्रलोभनमा नेपालीलाई दिल्लीमा बोलाएर ठग्ने गिरोहका दुई जना पक्राउ
काठमाडाैँ । बेरोजगार नेपाली युवा–युवतीलाई यूरोप पठाउने भन्दै भारतको राजधानी नयाँ दिल्लीमा बोलाएर रकम असुल्ने र ठगी गर्ने कार्यमा संलग्न गिरोहका दुई जना पक्राउ परेका छन् ।
दुवै जनालाई भारतीय सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । दिल्ली क्राइम ब्रान्चको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
उनीहरूबाट ठगिएका एक नेपाली युवकले दिएको उजुरीको आधारमा दिल्ली क्राइम ब्रान्चको टोलीले ‘एक्सन’ लिएको हो । पक्राउ पर्नेमा जयकाब नाम गरेका ४१ वर्षीय पुरुष र रुपेश नाम गरेका ४२ वर्षीय पुरुष छन् ।
भारतको उत्तर प्रदेश राज्यको बिजनौर जिल्ला निवासी जयकाबले भारतकै उत्तराखण्डको पिथौरागढमा अध्ययन गरेका कारण नेपाली भाषा राम्रोसँग बोल्न जानेका थिए । त्यसैले उनी नेपाली नागरिकसँग नेपाली भाषामै कुरा गर्ने र विभिन्न आश्वासन दिन पोख्त थिए ।
बिहार राज्यको सिवान घर भएका रुपेश डेढ दशकदेखि ट्राभल एजेन्टका रूपमा काम गर्दै आएका व्यक्ति हुन् । उनी चार वर्ष अघिदेखि जयकाबसँग मिलेर बेरोजगारलाई विदेश पठाइदिने भन्दै ठगीमा संलग्न भएको खुलेको छ ।
प्रहरीले जयकाबको साथबाट १३ नेपाली राहदानी बरामद गरेको छ । केही डिजिटल प्रमाण पनि प्राप्त भएको प्रहरीले जनाएको छ ।
२२ वर्षीय नेपाली युवक सुजन खड्काले दिएको उजुरीका आधारमा दिल्ली क्राइम ब्रान्चको टोलीले उक्त गिरोहका दुई सदस्यलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको जनाइएको छ ।
जयकाबले आफू युरोपका विभिन्न मुलुकमा रोजगारी दिलाउन सक्ने प्रभावशाली व्यक्ति रहेको भन्दै सुजनसहित १९ नेपालीलाई ठगेको बताइएको छ ।
यी नेपाली युवालाई उनले सर्बिया पठाउने आश्वासन दिएका थिए । उनले प्रक्रिया अघि बढाउनका लागि ती नेपालीहरूसँग कुल ७० लाख भारु लिएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार जयकाबले फर्जी भिसा बनाएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण