ऋषि पञ्चमी : टेकुको ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरूको भीड (तस्बिरहरू)
सारांश
- ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा महिलाको भीड लागेको छ।
- महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले स्नान गरी पूजाआजा गरिरहेका छन्।
- आजको दिन सप्तऋषिको पूजा गर्नाले महिलाहरूले रजस्वलाको दोषबाट मुक्ति पाउने धार्मिक विश्वास छ।
काठमाडौँ । भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको लागि टेकुमा रहेको ऋषेश्वर मन्दिरमा महिलाहरूको भीड लागेको छ ।
महिलाहरू बिहानैदेखि टेकुमा रहेको यो मन्दिरमा आएर ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी पूजा गरिरहेका छन् ।
_PbjpikOjj5.jpg)
कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चन्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।
_MkNcknfd0x.jpg)
यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
_mKgb39u8L7.jpg)
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।
_rPhaVmAtph.jpg)
_sbiaddVAqc.jpg)
_AHMFHEmn1o.jpg)
_Vf1hUaQDfC.jpg)
_sNsCPOV6Kp.jpg)
_kN6l8WbZmH.jpg)
_o6FNJyZeC9.jpg)
_qtkGnR4asb.jpg)
_tkxMTzD4Em.jpg)
_pPEZ1fxKIW.jpg)
_QlndPumqJa.jpg)
_rLirdFtpGP.jpg)
_jsuQpLXMJk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण