शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पहिलो अभ्यास खेलमा नेपाल पराजित

बिहीबार, १२ भदौ २०८२, १० : २५
बिहीबार, १२ भदौ २०८२

सारांश

  • साउथ अस्ट्रेलियाविरुद्धको अभ्यास टी-२० खेलमा नेपाल ३ विकेटले पराजित भयो।
  • नेपालले १ सय ४७ रनको लक्ष्य दिएकोमा साउथ अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पूरा गर्यो।
  • नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने भीम सार्कीले सर्वाधिक ३२ रन बनाए।

काठमाडौँ । साउथ अस्ट्रेलियाविरुद्धको अभ्यास टी–२० खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पछ्याएको हो ।

साउथ अस्ट्रेलियाका लागि निकोलस फिलिप विन्टरले १९ बलमा ३६ रनको योगदान दिए । डाउटी हुगनबोइजमले २८ बलमा २८ रन जोडे भने म्याकेन्जी हार्भीले २२ बलमा २७ रन बनाए । नेपालका लागि सोमपाल कामीले १८ रन खर्चेर ३ विकेट लिए । नन्दन यादवले २ विकेट तथा रोहित पौडेलले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा २६ रन बनाए भने आसिफ शेखले १३ बलमा २२ रन जोडे । साउथ अस्ट्रेलियाका लागि क्याम्पबेल थोम्पसन, थोमस ब्राउन र ह्यारी मानेन्टीले २–२ विकेट हात पारे ।

नेपालले आजै दोस्रो अभ्यास खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप