एनआरएनए मलेसियाको अधिवेशन आइतबार, अध्यक्षमा इन्द्र नारायण लिम्बूको उम्मेदवारी
बिहीबार, १२ भदौ २०८२, १० : ४४
सारांश
- एनआरएनए मलेसियाको एउटा पक्षले क्वालालम्पुरमा नवौं अधिवेशन गर्दैछ।
- इन्द्र नारायण लिम्बुले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
- उनले सामाजिक सद्भाव र श्रमिकका समस्या समाधानलाई प्राथमिकता दिने बताए।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको एक पक्षले नवौं अधिवेशन आइतबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा गर्ने भएको छ । अधिवेशनमा इन्द्र नारायण लिम्बूले २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
लिम्बूले सामाजिक सद्भाव, मेलमिलाप र श्रमिकका समस्या समाधानलाई प्राथमिकतामा राखेर कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् । साथै आफूलाई समर्थन गरी अध्यक्ष पदमा विजयी बनाउन सहभागीहरूलाई अपील पनि गरेका छन् ।
अधिवेशनका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट अतिथि, कलाकार र सञ्चारकर्मीहरू आउने एनआरएनए मलेसियाले जनाएको छ । यसअघि नै संघको अर्को समूहले भने अधिवेशन सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण