बागमती प्रदेशसभाको बैठक १५ भदौमा बस्ने
सारांश
- बागमती प्रदेशसभा बैठक भदौ १५ गते दिउँसो २ बजे बस्ने भएको छ।
- प्रदेशसभा सचिवालयले बैठकको समय निर्धारण गरेको सूचना जारी गरेको छ।
- बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुनेछ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक १५ भदौमा बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले शुक्रबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत बाह्रौँ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।
बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण