बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएका किशोर दाहाल पक्राउ
बिहीबार, १२ भदौ २०८२, १८ : ४४
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका एक जना कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–१७ घर भएका ५० वर्षीय किशोर दाहाल छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाबाट खटिएको प्रहरीले उनलाई बिहीबार माइतीघरबाट पक्राउ गरेको हो ।
उनले धर्मेन्द्र कुमार अग्रवाललाई दिएको १२ लाख ५० हजारको चेक बाउन्स भएको छ । दाहाललाई थप अनुसन्धान र कारबाहीको लागी प्रहरी वृत्त जनसेवामा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण