बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रहरीले बुझायो रास्वपाका केन्द्रीय सदस्य पाँडेको अनुसन्धान प्रतिवेदन

बिहीबार, १२ भदौ २०८२, १८ : ५२
बिहीबार, १२ भदौ २०८२

सारांश

  • रास्वपाका नेता डा. अरनिको पाँडे साइबर ब्यूरोको हिरासतमा छन्, उनलाई सामाजिक सञ्जालमा महिलालाई अपशब्द बोलेको आरोप लागेको छ।
  • प्रहरीले पाँडेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ र अदालतबाट ४ दिनको म्याद लिएको छ।
  • विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा हदैसम्मको सजाय मागदाबी गर्न प्रहरीले सरकारी वकिललाई राय दिएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा.अरनिको पाँडे अहिले साइबर ब्यूरोको हिरासतमा छन् । आफू विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधवार साँझ उनी प्रहरीमा हाजिर भएका थिए ।

बिहीबार बयान लिएर प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान प्रतिवेदन पनि पेस गरिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

एक जना महिलालाई सामाजिक सञ्जालमार्फत अपशब्द बोलेको आरोपमा पाँडे विरुद्ध प्रहरीले अनुसन्धान गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान अधिकृत र सरकारी वकिलले आजै उनको बयान लिएका थिए ।

वातावरणविद् पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । अहिले उनी सो पार्टीको केन्द्रीय सदस्य हुन् । उनी २०८० मा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।

उनलाई विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा हदैसम्मको सजाय मागदाबी गर्न प्रहरीले सरकारी वकिललाई राय दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप