सरकारी वकिल कार्यालयमा रास्वपा नेता पाँडेसँग बयान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. अरनिको पाँडेसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।
पाँडेलाई बुधवार साँझ साइबर अपराध सम्बन्धी कसुरमा साइबर ब्युरोले नियन्त्रणमा लिएको थियो । पाँडेसँग बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले रातोपाटीलाई बताए ।
वातावरणविद् समेत रहेका पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । उनी २०८० मा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए । पाँडेले सामाजिक सञ्जलमार्फत एक जना महिलालाई गालीगलौज गरेर विद्युतीय अपराध गरेको आरोप छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै पाँडे बुधवार साँझ साइबर ब्युरोमा उपस्थित भएसँगै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण