बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
बिहीबार, १२ भदौ २०८२, १९ : ०७
काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन भएको छ ।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल रहेका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो । यसअघिका अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको थियो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले उनी योग्य नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण