भारतसँग कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग सिधा कुरा गरेको बताए।
- प्रचण्डले आफ्नो भारत भ्रमणमा कालापानी र लिपुलेकको विषयमा छलफल गरेको र संवादबाट समाधान खोज्ने घोषणा गराएको उल्लेख गरे।
- प्रचण्डले पार्टीभित्रको आलोचना र आत्मसमीक्षाको आवश्यकता औंल्याउँदै, वैचारिक अराजकता र अनुशासनहीनताले चुनौती थपेको बताए।
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन् ।
विराटनगरमा सम्पन्न कोशी प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढङ्गले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो । यो कुरा तपाईँहरूले पनि बुझ्नुपर्यो । तल जनतालाई पनि बुझाउनुपर्यो ।”
आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
“प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ,”उनले भने ।
प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमिक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले सङ्गठनमा चुनौती उत्पन्न भएको समेत बताए ।
उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठुला ठुला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए ।
“समाजवादको तयारी गर्न हामीले अझ ठुला वैचारिक बहस र राजनीतिक सङ्घर्ष पार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने, “मार्क्सवादले भनेको आलोचना र आत्मसमिक्षा यही हो ।”
पार्टी विभाजनपछि पुनः मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमिक्षासहित पार्टीमा फर्किएकाले आएका नेताकार्यकर्तालाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै उनले होच्याउने, हेला गर्ने काम नगर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण