गण्डकीका क्यान्सर रोगीलाई देशभरका ६ अस्पतालमा उपचार, एक लाखसम्म सरकारले व्यहोर्ने
पोखरा । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । ‘क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९’ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ ।
ती अस्पतालहरूमा उपचार गराउने बिरामीहरूले यो सहायता प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. रमेश कुमार केसीले जानकारी दिए ।
प्रदेश सरकारले काठमाडौँको वीर अस्पताल, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौँकै निजामती कर्मचारी अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौँको कान्ति बाल अस्पतालसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।
गण्डकी प्रदेशमा स्थायी ठेगाना भएका बिरामीले मात्रै यस्तो सेवा पाउने स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए । नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सहुलियत प्राप्त गरिसकेको व्यक्तिलाई सेवा दिइने सरकारले जनाएको छ ।
सहुलियतका लागि बिरामी वा निजको नातेदारले अस्पतालमा पेस गर्नुपर्नेछ । सम्बन्धित अस्पतालले बिरामीको उपचारमा लागेको खर्च मन्त्रालयमा माग गरी शोधभर्नाका रूपमा प्राप्त गर्नेछ । बिरामीलाई भने नगद भुक्तानी नदिने पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमणको दायरा विस्तार, इरानको भित्री क्षेत्रमा पनि बमबारी तीव्र
-
सुस्ताउँदैछ चीनको आर्थिक वृद्धिदर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण