संन्यासको हल्ला खारेज गर्दै शमीले भने – वानडे विश्वकप जित्ने सपना बाँकी छ
सारांश
- मोहम्मद शमीले सन्यासको हल्लालाई अस्वीकार गर्दै क्रिकेट खेलिरहने बताएका छन्।
- उनले भारतको टोलीमा स्थान नपाएपछि पनि घरेलु क्रिकेट खेल्ने र विश्वकप जित्ने इच्छा व्यक्त गरे।
- शमीले फिटनेसमा ध्यान दिँदै बलिङमा लय फर्काएको र लामो समयसम्म खेल्ने तयारी गरेको बताए।
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर मोहम्मद शमीले संन्यासबारे आएको हल्लालाई कडा शब्दमा खारेज गरेका छन्। ३४ वर्षीय शमीले आफूमा खेलप्रतिको उत्साह र प्रेरणा रहेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर खेलिरहने स्पष्ट पारेका छन्।
हालै इंग्ल्याण्डमा भएको एन्डरसन–तेन्दुलकर ट्रफी र आगामी सेप्टेम्बर ९ देखि यूएईमा सुरु हुने एसिया कपका लागि टिम इन्डियामा स्थान नपाएपछि शमीको भविष्यबारे अड्कलबाजी फैलिएको थियो। तर उनले एक अन्तर्वार्तामा भने — ‘रिटायर हुन मेरो मन छैन। जबसम्म क्रिकेटप्रतिको माया जीवित छ, म खेलिरहनेछु।’
शमीले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा मौका नदिए घरेलु क्रिकेट खेलिरहने बताए। उनले २०२३ को विश्वकपमा उपाधि नजिक पुगेर पनि असफल भएको स्मरण गर्दै आफ्नो अधुरो सपना अझै एकदिवसीय विश्वकप जित्ने रहेको बताए। ‘२०२७ मा म त्यहाँ हुन चाहन्छु,’ उनले जोड दिए।
चोटका कारण केही समय टाढा रहनुपरे पनि शमीले पछिल्ला महिनामा फिटनेसमा कडा मेहनत गरेको बताए। उनले तौल घटाएको, बलिङमा लय फर्काएको र लामो स्पेल बलिङ गर्न तयारी गरेको उल्लेख गरे।
शमीले पछिल्लो पटक २०२५ को सुरुवातमा भएको च्याम्पियन्स ट्रफीमा भारतका लागि खेलेका थिए। उक्त प्रतियोगितामा भारतले उपाधि जित्दा उनले ५ खेलमा ९ विकेट लिएका थिए।
शमीले अहिलेसम्म उनले ६४ टेस्ट, १०८ वानडे र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण