सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद
सारांश
- लहान नगरपालिकामा भन्सार छली गरिएको सामानसहित भारतीय स्कारपियो सशस्त्र प्रहरीले नियन्त्रणमा लियो।
- सशस्त्र प्रहरीको टोलीले रोक्न खोज्दा चालक फरार भए, तर गाडी फेला पर्यो, जसमा लत्ताकपडा थिए।
- प्रहरीले करिब रु सात लाखको लत्ताकपडा र १५ लाखको स्कारपियो बरामद गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया थालेको छ।
सिरहा। लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडक खण्डमा सवारी जाँच गर्ने क्रममा बिआर०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्र गतिमा भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
पछ्याउँदै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको हो । चालक भने फरार छन् । गाडी जाँच गर्दा रु सात लाख चार हजार ८५० मूल्य बराबरका विभिन्न लत्ताकपडा फेला परेको छ । स्कारपियोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण