जब माधुरीले गोविन्दासँग काम गर्न अस्वीकार गरिन्
सारांश
- फिल्ममेकर पहलाज निहलानीले माधुरी दीक्षितले सुरुवाती करियरमा गोविन्दासँग काम गर्न अस्वीकार गरेको बताए।
- माधुरीले सेक्रेटरीको सल्लाहमा गोविन्दासँग काम गर्न अस्वीकार गरेकी थिइन्, किनकि गोविन्दा नयाँ थिए।
- माधुरीले 'इल्जाम' र 'आग ही आग' जस्ता फिल्महरू अस्वीकार गरिन्, जसमा पछि निलम कोठारीले काम गरिन्।
मुम्बई । फिल्ममेकर पहलाज निहलानीले हालै एक पुरानो प्रसङ्ग सम्झिँदै अभिनेत्री माधुरी दीक्षितले आफ्नो सुरुवाती करिअरमा गोविन्दासँग काम गर्न अस्वीकार गरेको बताएका छन्।
उनका अनुसार माधुरीले यस निर्णय आफ्नो सेक्रेटरी रिक्कू राकेश नाथको सल्लाहमा लिएकी थिइन्। निहलानीले भने, ‘त्यसबेला गोविन्दा इन्डस्ट्रीमा नयाँ थिए र माधुरीले पनि आफ्नो पाउला मजबुत बनाउन खोजिरहेकी थिइन्। रिक्कूले उनलाई गोविन्दासँग काम नगर्न सम्झाएको थियो।’
निहलानीले खुलासा गरे अनुसार गोविन्दाको करिअरको दोस्रो फिल्म बन्ने ‘इल्जाम’मा माधुरीलाई साइन गरिए पनि उनले अस्वीकार गरिन्। त्यसपछि निलम कोठारीलाई कास्ट गरिएको थियो, जसले यो फिल्ममार्फत स्टारडम हासिल गरिन्।
निहलानीले भने, ‘मैले माधुरीलाई ‘आग ही आग’ पनि प्रस्ताव गरेको थिएँ, तर उनले अस्वीकार गरिन्। पछि मैले निलमलाई त्यसमा पनि कास्ट गरेँ। त्यसपछि ‘पाप की दुनियाँ’मा समेत निलम नै खेलिन्।’
उनले माधुरीले बारम्बार फिल्म अस्वीकार गर्ने बानीप्रति असन्तुष्टि जनाउँदै भने, ‘माधुरीले मेरा सबै प्रस्ताव अस्वीकार गर्थिन्, जबकि मैले बनाएका तीनै फिल्मले गोल्डन जुबिली मनाए। उनीका धेरै फिल्महरू बन्द भए वा फ्लप भए।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण