जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने जापान यात्रामा प्रस्थान गरे, यो उनको प्रधानमन्त्रीको रूपमा आठौँ जापान भ्रमण हो।
- भारत र जापानबीच सुरक्षा, रक्षा, व्यापार र प्रविधिलगायतका विषयमा छलफल हुने १५औँ शिखर सम्मेलन हुँदैछ।
- जापानले भारतमा १० ट्रिलियन येन लगानी गर्ने र मुम्बई-अहमदाबाद हाइ-स्पीड रेल कोरिडोर निर्माणमा सहयोग गर्ने तयारी गरेको छ।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार दुई दिने जापान यात्रा लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको रूपमा यो उनको आठौँ जापान भ्रमण हो। यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका थिए।
मोदीले यसपटक १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्, जहाँ सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनपछि मोदी र जापानी प्रधानमन्त्री फुमिओ इशिबा बिच डिनर कार्यक्रम पनि हुनेछ।
जापानी मिडियाका अनुसार यस यात्रामा जापानले भारतमा १० ट्रिलियन येन (करिब ५.९३ लाख करोड रुपैयाँ) लगानी गर्ने घोषणा गर्ने तयारी गरेको छ।
मोदीको जापान भ्रमणका प्रमुख एजेन्डामा १०० भन्दा बढी समझदारी पत्रमा हस्ताक्षर, आर्थिक सहयोगको नयाँ ढाँचा निर्माण, सेमीकन्डक्टर, कम्युनिकेशन, क्लीन एनर्जी र औषधि आपूर्ति सम्बन्धी सहकार्य र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नयाँ पहलको सुरुवात लगायत छन् ।
भारतले मुम्बई–अहमदाबाद बिच देशकै पहिलो हाइ–स्पीड रेल कोरिडोर निर्माण गरिरहेको छ। सन् २०१७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबे र मोदीले संयुक्त रूपमा यसको शिलान्यास गरेका थिए। करिब १.०८ लाख करोड लागतको यो प्रोजेक्ट सम्पन्न भएपछि ५०८ किमीको दूरी करिब ३ घण्टामा पूरा हुनेछ।
जापानले भारतलाई E3 र E5 मोडलका दुई बुलेट ट्रेन उपहार दिने तयारी गरेको छ, जसको डेलिभरी २०२६ मा हुने अपेक्षा छ।
- E3 मोडल : अधिकतम गति २७५ किमी/घण्टा
- E5 मोडल : अधिकतम गति ३२० किमी/घण्टा
जापान हाल E10 (अल्फा X) मोडलमा काम गर्दैछ, जसको अधिकतम गति ४०० किमी/घण्टा हुने बताइएको छ। यो अत्याधुनिक मोडल भारत र जापान दुवै देशमा एकैसाथ परीक्षण गर्न सहमति भएको छ।
प्रधानमन्त्री मोदी शनिबार मियागी प्रान्तस्थित सेनदाई पुगेर यी नयाँ मोडलका कोच र सेमिकन्डक्टर उत्पादन गर्ने कारखाना अवलोकन गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण