डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो
सारांश
- डडेल्धुरामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने अन्य तीन जनाको उपचार भइरहेको छ।
- दुर्घटनाग्रस्त जिप भित्री कच्ची सडक खण्डबाट २५० मिटर तल खसेको थियो।
धनगढी । डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ।
बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका ४२ वर्षका गणेशबहादुर साउदको पनि बिहीबार राति धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक डम्बरबहादुर विष्टका अनुसार घाइते अरू तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै जिप चालक ३५ वर्षका रामबहादुर साउदलाई थप उपचारका लागि भारतमा लगिएको छ। यस्तै दुर्घटनामा घाइते ७ वर्षकी सुस्मिता पार्की डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
दुर्घटनामा परेर घटनास्थलमै ज्यान गुमाउनेहरूमा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँद रहेका छन्।
ठाँटाबजारबाट जिल्ला सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप भित्री कच्ची सडक खण्डबाट करिब २५० मिटर तल खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण