नेपाल ‘ए’ ले दियो आसामलाई १७४ रनको लक्ष्य
शुक्रबार, १३ भदौ २०८२, १३ : १६
सारांश
- नेपालको 'ए' टोलीले आसाम क्रिकेट संघलाई १७४ रनको लक्ष्य दिएको छ।
- विवेक यादवले २५ रन, पवन सर्राफले ३१ रन, सदीप जोराले ३५ र देव खनालले ३१ रन बनाए ।
- पहिलो खेलमा पराजित भएको नेपाल सिरिज बराबरीमा ल्याउने योजनामा छ।
काठमाडौँ । नेपालको ‘ए’ टोलीले आसाम क्रिकेट संघलाई १७४ रनको लक्ष्य दिएको छ । एसीए क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनायो ।
नेपालका लागि विवेक यादवले २५ रन बनाए । पवन सर्राफले ३१ रनको योगदान गरे । सदीप जोरा ३५ र देव खनालले ३१ रन बनाए । आसामका लागि अभिन चौधरीले र आकाश शेनगुप्ताले दुई दुई विकेट लिए ।
पहिलो खेलमा डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै पर्ने दबाबमा छ ।
पाँच खेलको सिरिजमा नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरीमा ल्याउने योजनामा छ । घरेलु टोली आसाम सिरिजमा १–१ ले अघि छ । दुई टोलीबिचको तेस्रो खेल शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण