नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य कुनै विवादको विषय बन्न सक्दैन : रास्वपा
सारांश
- रास्वपा सांसद गणेश पराजुलीले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणअघि राष्ट्रियताको विषयमा साझा धारणा बनाउन आग्रह गरे।
- सांसद पराजुलीले सुगौली सन्धि र विभिन्न नक्साहरूले काली नदी नै नेपालको पश्चिमी सीमा भएको तथ्यलाई जोड दिए।
- उनले लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने कुरालाई विभिन्न प्रमाणहरूले पुष्टि गर्ने बताए, र भारत-चीन बीचको सम्झौता अवैध भएको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणभन्दा अगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य कुनै विवादको विषय बन्न नसक्ने बताए ।
‘लन्डनको ब्रिटिस लाइब्रेरीमा रहेको कार्टोग्राफिक एभिडेन्स अर्थात् १८२७ मा प्रकाशित सर्वे अफ इन्डियाको पहिलो ब्रिटिस नक्सा होस् या १८५६, १८७९ र १९०४ मा छापिएका अन्य नक्साहरू,’ पराजुलीले भने- ‘सबैले स्पष्ट देखाएका छन् काली नदीको उदगम लिम्पियाधुरा हो र यही नदी नेपालको पश्चिमी सीमा हो। यो दस्ताबेजलाई इतिहासले अमिट बनाइसकेको छ।’
उनले भूगोल र हाइड्रोलोजिकल प्रमाणका तथ्य केलाउँदा नदी नालाका प्रवाह, भू–आकृति संरचना, स्थानीय बस्ती र प्राकृतिक भूगोलको प्रमाणहरू अनि सन् १९६१ को जनगणना, त्यतिबेलाका प्रशासनिक अभिलेख तथा सन् १९५९ को आम निर्वाचनको मतदाता नामावली लिम्पियाधुरा नेपालको आफ्नो भूभाग हो भनेर प्रमाणित गर्न पर्याप्त रहेको बताए ।
नेपालको भूभाग माथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक नहुने र हुन नसक्ने उनले बताए । भारत र चीनबिच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरिएको समझदारी अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध भएको पराजुलीले बताए ।
विगत एक हप्तादेखि माइतीघर मण्डलामा आन्दोलनमा रहेका उखु किसानसँग सरकारले यथाशीघ्र वार्ता गरेर फेरि कहिल्यै आन्दोलन गर्नुपर्ने नगरी सम्बोधन गर्नको लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण