शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीकाे चीन भ्रमण

मन्त्री र सांसदसहित उच्च पदस्थ कर्मचारी लिएर चीन भ्रमणमा जाँदै प्रधानमन्त्री

शुक्रबार, १३ भदौ २०८२, १४ : ४२
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा मन्त्री, सांसद र उच्च पदस्थ कर्मचारीको सहभागिता रहनेछ।
  • भ्रमण टोलीमा प्रधानमन्त्री, श्रीमती, पूर्व उपप्रधानमन्त्री, मन्त्री र सल्लाहकार रहनेछन्।
  • भ्रमण चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ देखि १८ गतेसम्म हुनेछ।

काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमणमा दुई मन्त्री, दुई सांसदसहितका नेता एवं उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने भएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणमा जाने सदस्यहरूको जानकारी गराएका हुन् । 

प्रधानमन्त्रीका अनुसार भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् । 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म ५ दिने भ्रमणमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप